डिजिटल युगको स्थानीय तह: अब सबै अभिलेख तपाईंको हातमा।
स्थानीय तहका महत्वपूर्ण अभिलेख, तथ्याङ्क र व्यवस्थापन प्रक्रियालाई एउटै सुरक्षित डिजिटल प्रणालीमा व्यवस्थित गर्नुहोस्।
स्थानीय तहको एकीकृत डिजिटल अभिलेख
घरधुरी, जनसङ्ख्या, श्रमिक, सम्पत्ति, मेसिनरी, राजस्व, फर्म, संस्था तथा परामर्शदातासम्मका महत्वपूर्ण विवरणलाई एउटै एकीकृत डिजिटल प्रणालीमार्फत व्यवस्थित रूपमा अभिलेखीकरण, व्यवस्थापन र उपयोग गर्न सकिनेछ। स्थानीय तहबाट अभिलेख तथा व्यवस्थापन गरिएका डिजिटल तथ्याङ्क र विवरणलाई केन्द्रीय तथा प्रदेश सरकारका सम्बन्धित प्रणालीहरूसँग एकीकृत रूपमा आबद्ध गर्दै ई–गभर्नेन्स तथा डिजिटल सरकारका बहुवर्षीय योजनाहरूको लक्ष्य प्राप्तिमा ठोस सहयोग पुर्याउनेछ।
स्थानीय तहमा अभिलेखिकरण किन गर्ने ?
स्थानीय तहका विभिन्न शाखा, वडा तथा कार्यालयबाट संकलन हुने तथ्याङ्क र अभिलेखलाई व्यवस्थित डिजिटल प्रणालीमा राख्दा सूचना खोज्न, अद्यावधिक गर्न तथा आवश्यक समयमा प्रयोग गर्न सहज हुन्छ।
📁 व्यवस्थित अभिलेख
कागजी तथा छरिएका अभिलेखलाई सुरक्षित र व्यवस्थित डिजिटल अभिलेखमा रूपान्तरण गर्न सहयोग।
🔎 छिटो सूचना प्राप्ति
आवश्यक तथ्याङ्क तथा विवरणलाई एउटै प्रणालीबाट सजिलै खोज्न र प्राप्त गर्न सकिने।
📊 तथ्यमा आधारित निर्णय
व्यवस्थित तथा अद्यावधिक तथ्याङ्कका आधारमा योजना, व्यवस्थापन तथा निर्णय प्रक्रियालाई सहयोग।
🔄 नियमित अद्यावधिक
परिवर्तन भएका विवरणलाई आवश्यकता अनुसार नियमित रूपमा अद्यावधिक गर्न सकिने।
🔐 सुरक्षित व्यवस्थापन
महत्वपूर्ण स्थानीय तथ्याङ्क तथा अभिलेखलाई व्यवस्थित डिजिटल वातावरणमा राख्न सहयोग।
📑 प्रतिवेदनमा सहजता
आवश्यक विवरण तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न सहज हुने।
स्थानीय तहका विभिन्न अभिलेख र व्यवस्थापन प्रक्रियालाई एउटै डिजिटल प्रणालीमा जोड्ने व्यवस्था।
स्थानीय तहका विभिन्न अभिलेख र व्यवस्थापन प्रक्रियालाई एउटै डिजिटल प्रणालीमा जोड्ने व्यवस्था नै “पालिका लागत” हो। यस प्रणालीले स्थानीय तहमा रहेका विभिन्न प्रकारका तथ्याङ्क तथा अभिलेखलाई छुट्टाछुट्टै कागजी फाइल वा असंगठित डिजिटल फाइलमा मात्र सीमित नराखी एकीकृत डिजिटल वातावरणमा व्यवस्थित रूपमा व्यवस्थापन गर्न सहयोग गर्छ।
घरधुरी तथा जनसङ्ख्यादेखि श्रमिक, सम्पत्ति, मेसिनरी, राजस्व, आन्तरिक तथा बाह्य संस्थाहरू र परामर्शदातासम्मका विवरणलाई आवश्यकता अनुसार अभिलेख, अद्यावधिक तथा व्यवस्थापन गर्न सकिन्छ।
स्थानीय तहका महत्वपूर्ण विवरणको एकीकृत व्यवस्थापन
स्थानीय तहको आवश्यकता अनुसार विभिन्न प्रकारका अभिलेख, तथ्याङ्क तथा व्यवस्थापन विवरणलाई एउटै प्रणालीमा व्यवस्थित गर्न सहयोग गर्ने प्रमुख विशेषताहरू।
घरधुरी तथा जनसङ्ख्या व्यवस्थापन
वडा तथा घरधुरीअनुसार परिवार र जनसङ्ख्यासम्बन्धी आवश्यक विवरणलाई व्यवस्थित रूपमा अभिलेख तथा अद्यावधिक गर्न सकिने।
श्रमिक व्यवस्थापन
स्थानीय तहभित्र उपलब्ध श्रमिक तथा जनशक्तिको सीप, क्षमता र आवश्यक विवरणलाई व्यवस्थित रूपमा अभिलेख गर्न सहयोग।
सम्पत्ति तथा मेसिनरी ट्रयाकिङ
सवारीसाधन, मेसिनरी, उपकरण तथा अन्य भौतिक सम्पत्तिको विवरण, अवस्था र प्रयोगसम्बन्धी अभिलेख व्यवस्थापन गर्न सहयोग।
राजस्व संकलन तथा कर व्यवस्थापन
राजस्व तथा करसँग सम्बन्धित विवरणलाई व्यवस्थित रूपमा अभिलेख तथा व्यवस्थापन गर्न सहयोग।
आन्तरिक तथा बाह्य फर्महरूको सूचीकरण
स्थानीय तहसँग सम्बन्धित आन्तरिक तथा बाह्य फर्म, व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूको सूचीकरण, विवरण व्यवस्थापन तथा नियमित अपडेट गर्न सकिने।
परामर्शदाता प्रोफाइल
परामर्शदाता तथा विशेषज्ञहरूको योग्यता, अनुभव, विशेषज्ञता तथा सम्बन्धित विवरणलाई व्यवस्थित प्रोफाइलका रूपमा अभिलेख गर्न सकिने।
आन्तरिक तथा बाह्य संस्थाहरूको सूचीकरण
स्थानीय तहसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र तथा सहयोगी संस्थाहरूको विवरण सूचीकरण तथा अपडेट गर्न सकिने।
डिजिटल ड्यासबोर्ड
महत्वपूर्ण तथ्याङ्क तथा व्यवस्थापनसम्बन्धी जानकारीलाई एकै स्थानबाट हेर्न तथा प्रयोग गर्न सहयोग गर्ने डिजिटल ड्यासबोर्ड।
काम गरिसकेपछिका सापेक्षित उपलब्धिहरू
डिजिटल अभिलेखिकरण प्रणालीको प्रभावकारी प्रयोगपछि स्थानीय तहको सूचना तथा अभिलेख व्यवस्थापनमा निम्न प्रकारका सुधारहरू अपेक्षा गर्न सकिन्छ।
व्यवस्थित अभिलेख
महत्वपूर्ण स्थानीय तथ्याङ्क तथा अभिलेखहरू व्यवस्थित डिजिटल स्वरूपमा उपलब्ध हुने।
सूचना खोज्न लाग्ने समय कम
कागजी फाइल तथा विभिन्न स्रोत खोजिरहनुपर्ने आवश्यकता कम भई आवश्यक सूचना छिटो प्राप्त गर्न सकिने।
तथ्यमा आधारित निर्णय
व्यवस्थित तथ्याङ्कका आधारमा योजना, बजेट तथा व्यवस्थापनसम्बन्धी निर्णय गर्न सहयोग पुग्ने।
अद्यावधिक सूचना
परिवर्तन भएका विवरणहरू नियमित रूपमा अद्यावधिक गरी अभिलेखलाई थप उपयोगी बनाउन सकिने।
शाखा तथा वडाबीच समन्वय
सम्बन्धित शाखा तथा वडाबाट प्राप्त विवरणलाई एउटै प्रणालीमा व्यवस्थित गर्न सहयोग पुग्ने।
डिजिटल सरकारतर्फको आधार
भविष्यमा आवश्यक डिजिटल सेवा तथा सरकारी प्रणालीसँग Integration का लागि आधार तयार गर्न सहयोग पुग्ने।
स्थानीय तहको डिजिटल व्यवस्थापनतर्फको एक कदम
स्थानीय तह डिजिटल अभिलेखिकरण प्रणालीको उद्देश्य स्थानीय तहका महत्वपूर्ण तथ्याङ्क, अभिलेख तथा व्यवस्थापनसम्बन्धी सूचनालाई व्यवस्थित डिजिटल वातावरणमा ल्याई सूचना व्यवस्थापन, योजना निर्माण तथा निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग गर्नु हो।
यो केवल कागजी अभिलेखलाई डिजिटल बनाउने प्रणाली मात्र नभई स्थानीय तहको डिजिटल व्यवस्थापन र भविष्यको e-Government Integration का लागि आधार तयार गर्ने प्रणालीका रूपमा विकास गर्न सकिन्छ।
स्थानीय तहलाई डिजिटल अभिलेखिकरणतर्फ अघि बढाऔँ।
प्रणालीका सम्भावना, कार्यक्षमता तथा स्थानीय तहको आवश्यकताअनुसारको समाधानबारे थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।
Demo Request