स्थानीय तहका विभिन्न अभिलेख र व्यवस्थापन प्रक्रियालाई एउटै डिजिटल प्रणालीमा जोड्ने व्यवस्था नै पालिका लागत हो।
यस प्रणालीले स्थानीय तहमा रहेका विभिन्न प्रकारका तथ्याङ्क तथा अभिलेखलाई छुट्टाछुट्टै कागजी फाइल वा असंगठित डिजिटल फाइलमा मात्र सीमित नराखी एकीकृत डिजिटल वातावरणमा व्यवस्थापन गर्न सहयोग गर्छ।
घरधुरी तथा जनसङ्ख्यादेखि श्रमिक, सम्पत्ति, मेसिनरी, राजस्व, आन्तरिक तथा बाह्य संस्था, फर्म तथा परामर्शदातासम्मका विवरणलाई आवश्यकता अनुसार प्रणालीमा अभिलेख, अद्यावधिक तथा व्यवस्थापन गर्न सकिन्छ।
स्थानीय तहको डिजिटल अभिलेखिकरण डिजिटल सरकारको आधारभूत संरचनामध्ये एक बन्न सक्छ। व्यवस्थित डिजिटल तथ्याङ्क उपलब्ध भएपछि आवश्यकताअनुसार अन्य सरकारी डिजिटल प्रणाली, सेवा तथा सूचना प्रवाहसँग API वा अन्य सुरक्षित डिजिटल माध्यमबाट Integration गर्न सकिने आधार तयार हुन्छ।
यसले दोहोरो तथ्याङ्क प्रविष्टि कम गर्ने, सूचना आदानप्रदानलाई व्यवस्थित गर्ने तथा डिजिटल सार्वजनिक सेवा विस्तार गर्न सहयोग पुर्याउन सक्छ।